Connect with us
Kapilvast Forest

५० मन्त्री हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

२०८१, २९ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि कदम चालेका छन् । उनले १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएको २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका हुन् ।
यसमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक पनि पर्छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसले सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्सका मुद्रा) बचत हुनेछ ।’

राष्ट्रपति चुनावका क्रममा मोइज्जूले राजनीतिक नियुक्तिलाई ७०० मा सिमित गर्ने बाचा गरेका थिए । तर राष्ट्रपचि भएपछि दुई हजारभन्दा बढी राजनीतिक नियुक्ति रहेको विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)को आरोप छ ।

यद्यपि अहिले कति राजनीतिक नियुक्ति छ भन्ने यकिन छैन, किनकी सरकारले सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

तर मंगलबार राष्ट्रपति मोइज्जूले ठूलो संख्यामा राजनीतिक नियुक्त कटौती गर्ने घोषणा गरेका छन् । विश्वबैंकले माल्दिभ्सको अर्थतन्त्र सुधार योजनाको प्रगति सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको एक साता पनि यो घोषणा भएको हो ।

विश्व वैंकका अनुसार आर्थिक बृद्धिका बाबजुद बढ्दो सार्वजनिक ऋण, उच्च राजकीय खर्च र विशेषगरी सार्वजनिक क्षेत्रमा लगानी तथा अनुदान चिन्ताजनक छ । यो खर्च कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने विश्व बैंकको जोड छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu