जसपाले कार्तिक ३ गते तौलिहवामा रक्तदान कार्यक्रम गर्ने
सनिउल्ला धोबी- जनता समाजवादी पार्टी कपिलवस्तुको आयोजनामा कार्तिक ३ गते, शनिवार तौलिहवामा बृहत् खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा सहभागी हुन सबै इच्छुक रक्तदाताहरूलाई हार्दिक अनुरोध गरिएको छ ।
जसपा पार्टीका अध्यक्ष इरफान खानले रक्तदानजस्तो पुण्य कार्यमा सहभागी भई समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रम कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १ नयाटोल तौलिहवामा बिहान १०:०० बजे सुरु हुनेछ ।
रक्तदान अभियानलाई समाजमा मानवतावादी भावना फैलाउने प्रमुख माध्यमको रूपमा लिइएको छ । यस कार्यक्रमले विशेषगरी स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन र आपत्कालीन अवस्थामा रक्त अभावका कारण हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्य राखेको अध्यक्ष खानले बताउनु भयो ।
अध्यक्ष खानका अनुसार रक्तदान भनेको अरूको जीवन बचाउने महान् कार्य हो । “यो कार्यक्रमले समाजमा एकता, सहयोग र मानवतावादी सोचलाई प्रवर्द्धन गर्नेछ ।” साथै, उहाले सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तकहरू, र कपिलवस्तु जिल्लाबासीलाई कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्न अपिल गरेका छन् ।