कपिलवस्तुमा मृत अवस्थामा रतुवा फेला
सनिउल्ला धोबी- कपिलवस्तुको शिवराज साझेदारी वन क्षेत्रमा एक रतुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको बनकसबासा क्षेत्रको धुन्द्रा खोला किनारमा रतुवा मृत अवस्थामा भेटिएको हो ।
साझेदारी वनका अध्यक्ष हरि पोख्रेलका अनुसार रतुवालाई सिकारीहरूको समूहले गोली हानेर मारेको बताउनु भयो ।
स्थानीय बासिन्दाहरूले पनि सिकारीहरूकै संलग्नतामा यो घटना घटेको बताएका छन ।
मृत रतुवा भेटिएपछि घटनाको जानकारी डिभिजन वन कार्यालयलाई गराइएको थियो । वन कार्यालयले तत्कालै घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गरेको छ ।
रतुवाको शवलाई डिभिजन वन कार्यालय, गौतम बुद्ध परिसरमा खाल्डो खनी गाडिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिनुभयो ।
सिकारीहरूको गतिविधि बढ्दै गएको यस क्षेत्रमा वन्यजन्तुको सुरक्षामा चुनौती खडा अधिकृत खानले बताउनु भयो ।