Connect with us
Kapilvast Forest

सरकारले १०० दिनको मूल्यांकन सार्वजनिक गर्ने

२०८१, ४ कार्तिक आईतवारमा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको मूल्यांकन यही साता सार्वजनिक गर्ने भएका छन् ।

सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्रीले मन्त्रालयहरुलाई दिएको जिम्मेजारी कति पूरा भयो भनेर मूल्यांकन भइरहेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सरकारको १०० दिनको कामको मुल्यांकन समीक्षा ६ वा ७ गते सार्वजनिक हुने जानकारी दिए ।

उनका अनुसार सञ्चार मन्त्रालयलाई १०० दिनमा गर्नुपर्ने काम भनेर १५ वटा तोकिएको थियो । उनले अगाडि भने, ‘जे जिम्मेवारी हामीलाई तोकेका थियौं, त्यो काम सम्पन्न गरेका छौं ।’

१८ घन्टा काम हुने राष्ट्रिय समाचार समितिलाई २४ घन्टा बनाउने, राससबाट थप दुई मातृ भाषा (नेपाल र मैथिली) मा समाचार सम्प्रषेण, नेपाल टेलिभिजनबाट थप एक मातृ भाषा (नेपाल) मा समाचार सम्प्रेषण र रेडियो नेपालमा थप एक भाषा (दुनुवार) समाचार सम्प्रेषण सुरु गरेको उनले बताए ।

मन्त्री गुरुङले भने, ‘हामी त फूलमार्क (१००) पाउने मन्त्रालयमा हामीले दाबी गरेका छौं । प्रधानमन्त्री कार्यालयमा मूल्यांकन हुँदै होला ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu