Connect with us
Kapilvast Forest

जामिया इस्लामीया नईमियाको अध्यक्षमा नसरूल्लाह चयन

२०८१, १४ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां चयन भएका छन् । 

आज भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमामा शिक्षा प्रेमी प्रहलाद पाण्डेयले विद्यालय व्यवस्थापन समिति गठन प्रकृयाका बारेमा अभिभावक माझ प्रष्ट पार्नुभयो । 

कार्यक्रममा बोल्दै सोही विद्यालयका विद्यार्थिका अभिभावक साजिद अलिले नसरूल्लाह खां यस अघि पनि यस विद्यालयका लागि शौचालय व्यवस्थापन, भौतिक संरचना निर्माण, शैक्षिक व्यवस्थापन लगायत अन्य विद्यालयको विकासका लागि राम्रो काम गरि विद्यालय प्रति वफादारी गरेको बताए । 

अध्यक्षमा नसरूल्लाह खां, सदस्यमा निसार अहमद फारूकी, आसिफ अन्सारी महिला सदस्यमा कमरून निसा, नसरीन बानो, रूविना खां, लगायत सर्वसम्मतिमा चयन गरिएको जानकारी विद्यालय प्रशाशनले जनाएको छ । 

शिक्षक प्रतिनिधि अकबर अलि मुसलमान, सदस्य सचिवमा अकिल अहमद, तथा पदेन सदस्यमा वडाध्यक्ष कृष्ण कुमार गुप्ता रहेका छन्। 

नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना किफायतुल्ला खांले व्यक्त गरे । 

अभिभावक भेला तथा विद्यालय व्यवस्थापन गठन समितिको भेलामा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, प्रा. सा. मनमोहन यादव, शिक्षा प्रेमी प्रहलाद पाण्डेय , सोही विद्यालयका पूर्व अध्यक्ष अब्दुल कलाम, मोहम्द सलिम, हैदर अलि लगायत अभिभावक हरूको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu