Connect with us
Kapilvast Forest

शिवराज ७ को वडा कार्यालयको भवन शिलान्यास

२०८१, ३ मंसिर सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका–७ मा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । एक विशेष कार्यक्रमका बीच नगरप्रमुख अजय थापा र वडा अध्यक्ष अनुप कुमार चौधरीले संयुक्त रूपमा भवन शिलान्यास गर्नुभएको हो ।

वडा कार्यालयको आफ्नै भवन नहुँदा यसअघि भाडाको घरमा सेवा प्रदान गर्दै आएको थियो । नयाँ भवन निर्माण भएपछि नागरिकहरूले सहज र स्तरीय सेवा पाउने आशा गरेका छन् ।

वडा कार्यालयको भवन शिलान्याससँगै वडा नम्बर ७ का स्थानीय बासिन्दाहरूमा खुशीको माहोल छ ।

स्थानीयहरूका अनुसार आफ्नै भवन निर्माण भएपछि वडाका गतिविधि व्यवस्थित हुने र सेवामा थप प्रभावकारिता आउने विश्वास गरेका छ्न ।

वडा कार्यालयको भवन निर्माण नगरपालिकाको प्राथमिक योजनामा पर्नु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको वडा अध्यक्ष अनुप चौधरीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj