Connect with us
Kapilvast Forest

इरफान आन्तरिक मामिला तथा कानून मन्त्रालयको सल्लाहकारमा नियुक्त

२०८१, ६ मंसिर बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल कपिलवस्तु,
लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले कपिलवस्तु नगरपालिका वडा नं. ३ निवासी मोहम्मद इरफानलाई जनसम्पर्क सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।

विगत १० वर्षदेखि मुलुकमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनमा सक्रिय रहँदै सैद्धान्तिक राजनीति र पार्टीप्रतिको इमान्दार योगदानका कारण इरफानलाई यो जिम्मेवारी प्रदान गरिएको हो ।

पार्टीका केन्द्रीय महासचिव इस्तिहाक राई र आन्तरिक मामिला तथा कानूनमन्त्री माननीय आदेश अग्रवालको सिफारिसमा इरफानलाई यो महत्त्वपूर्ण पदमा नियुक्त गरिएको हो । जसपा कपिलवस्तुका अध्यक्षसमेत रहेका इरफानले पार्टीको नीति, विधान, र सिद्धान्तलाई पूर्ण रूपमा पालना गर्दै मन्त्रालयलाई थप सशक्त बनाउन आफ्नो तर्फबाट हरसम्भव योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

इरफानले यो अवसर प्रदान गर्ने पार्टी नेतृत्व र मन्त्रीज्यूलाई आभार प्रकट गर्दै आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाएका छन् ।
नियुक्तिलाई पार्टी र सरकारभित्र सकारात्मक रूपमा हेरिएको छ । इरफानले आफ्नो अनुभव र दक्षता प्रयोग गर्दै मन्त्रालयको जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने विश्वास बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj