Connect with us
Kapilvast Forest

मायादेवीमा ज्येष्ठ नागरिकलाई कम्मल

२०८१, १७ पुष बुधबारमा प्रकाशित


कपिलवस्तु-

तराईमा चलेको शीतलहरसंगै जाडो बढे पछि कपिलवस्तुको मायादेबी गाउपालिकामा ज्येष्ठ नागरिकलाई कम्मल बितरण सुरु गरिएको छ । मायादेबी गाउपालिकाका गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानको अगुवाईमा पालिकामा कम्मल बितरण कार्य अघि बढाइएको हो । यसै सन्दर्भमा गाउपाािलका वडा नम्बर ५ बलुहवमा ३ सय ७३ ज्येष्ठ नागरिकलाई कम्मल कम्मल बितरण गरिएको हो । प्रमुख मुसलमान नित्तिम प्रमुख प्रशाकीय अधिकृत रामकृष्ण तेली, वडाध्यक्ष राघवेन्द्र पाण्डेयले उनीहरुलाई कम्मल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रमुख मुसलमानले जोडो बढे पछि पालिकाको ८ वटै वडामा कम्मल बितरण कार्यलाई अघि बाढईने बताए । उनले ज्ेष्ठ नागरिक, एकल महिला, दलीत, बिपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्मल बितरण गरिएको बताए ।

‘ जाडोमा हामीले कम्मल बितरणलाई प्राथमिकताकासाथ अघि बढाइएका छौ ’ उनले भने । उनले जाडोबाट बच्न सावधानीकासाथ हिडडुल गर्न पालिकाबासीलार्इै आग्रह समेत गरेका छन । सो अवसरमा वडाध्यक्ष पाण्डेयले आफनो वडामा बिगत २ बर्ष देखि जाडो यामममा ज्ेयेष्ठ नागरिक, एकल महिला दलीत र बिपन्न परिवारलाई कम्मल बितरण कार्यालई अघि बाढइएको बताए । उनले आफनो वडाका ज्येष्ठ नागरिक र बिपन्न परिवारलाई प्राथकितामा राखी काम अघि बाढइएको बताए । उनले चिसोबाट बच्न ज्ेष्ठ नागरिकलाई कम्मल बितरण गरिएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj