Connect with us
Kapilvast Forest

रवि लामिछाने काठमाडौं अदालतमा आइतबार मात्र हाजिर हुने

२०८१, २६ पुष शुक्रबारमा प्रकाशित

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौ जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा छाड्ने आदेश गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने श्राेतले बताएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj