कपिलवस्तुमा दाउ प्रहारबाट युवक गम्भीर घाईते
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ अदालत टोलमा दाउ प्रहारबाट एक युवक गंभीर घाईते भएका छन ।
पावर जिमबाट अभ्यास गरी निस्कनेक्रममा युवाहरुको समुहले नगरपालिका वडा नम्बर १ चोक बजार स्थित नुरी मोबाईलका संचालक २१ बर्षिय सहील खालाई दाउले प्रहार गरेका हुन ।
प्रहरी अनुसार साहिलको टाउकोमा गंभीर चोट लागेको र उनको भैरहवा स्थित सिटी अस्पतालमा आईसियुमा राखेर उपचार भईरहेको प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए । घटनामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको अधिकारीले बताए । मुख्य आरोपी भने फरार रहेका छन ।
उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनामा ३ जना बिरुद्ध साहिलको परिवारले ज्यान मार्ने उद्योग सम्बन्धी प्रहरीमा जाहेरी समेत दिएका छन । साहिलका दाई राजनले आफनो भाईलाई अदालत टोलका प्रभात मिश्रा तथा शिवकोटवाका राम चरण यादव र आकाश तेलीले दाउले प्रहार गरेको बताए ।
उनले भाईको अवस्था नाजुक रहेको र दोषी उपर कडा कारबाहीको माग गरेका छन । केही महिना अघिको रिसिबीका कारण प्रभातको अगुावईमा साहिललाई दाउले प्रहार गरिएको बताइएको छ ।