दुई सय जनाको सामूहिक नृत्य सहित रमणीय बन्दै शिवराजको माघी महोत्सव
कपिलवस्तुको शिवराज नगरपालिका १ उमरीमा माघ एक गतेदेखि तीन गते सम्म हुने माघे सक्रान्ती मेला सुरु भएको छ । थारु कल्याणकारीणि सभा नगर कार्यसमिति कपिलवस्तुको आयोजनामा शिवराज १ उमरिमा सन्चालन भएको छ । थारु जातिका विभिन्न नाचतथा झाँकीको प्रदर्शनी तथा थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्कानाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स तथा राष्ट्य तथा अन्तर्राष्ट्य स्थरका कलाकार हरुले समेत प्रस्तुती देखाएका छन ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार स्टल राखिएको छ । थारु समुदायको नयाँ वर्ष २६४८ लाई उत्सवको रुपमा मनाउने चलन छ । २ सय जनाको सामूहिक नृत्य समेत राखिएकोले गत वर्षको तुलनामा महोद्स्व रोचक बनेको छ ।

“हम्मन संस्कृति हम्मन्के सान, थारु संस्कृति प्रवर्द्धन कएना हम्मन अभियान “भन्ने मुल नाराका साथ हरेक वर्ष जस्तै यस वर्ष पनि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । कपिलवस्तु थारु समुदायको बाहुल्यता भएको जिल्ला भएकोले जिल्लाका धेरैजसो स्थानमा माघी खिचडा महोद्सव सुरु भएका छन ।