Connect with us
Kapilvast Forest

चन्द्रौटामा डान्स आईडलको अडिसन सुरु

२०८१, ५ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु- ९ औं चन्द्रौटामा महोत्सव डान्स आईडलको पहिलो चरणको अडिसन सुरु भएको छ । स्थानीय स्तरका प्रतिभाशाली नृत्य कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको डान्स आइडल ब्यवस्थापन उपसमिति संयोजक शिशिर पोखरेल बताउनु भयो ।
आइडल कार्यक्रमले यस क्षेत्रको प्रतिभालाई अवसर प्रदान गर्ने अधिक संख्यामा प्रतिस्पर्धीहरूले सहभागिता जनाएको उपसमिति संयोजक पोखरेलले बताउनु भयो ।

अडिसनमा सहभागीको उत्साहजनक उपस्थितिले कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो पोखरेलले बताउनु भयो । उहाँका अनुसार डान्स आइडलसँगै गायन प्रतिस्पर्धाको पनि तयारी भइरहेको छ, जसले थप प्रतिभाशाली कलाकारहरूको पहिचान गराउन मद्दत गर्नेछ ।

पोखरेलले यस कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको भन्दै, प्रतिस्पर्धीहरूलाई आफ्नो प्रतिभा देखाउनका लागि यो एक उत्कृष्ट अवसर भएको उल्लेख गर्नुभयो ।

यस कार्यक्रमले स्थानीय स्तरमा लुकेका कला र संस्कृतिलाई उजागर गर्नुका साथै प्रतिभावान व्यक्तिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj