नवौं चन्द्रौटा कृषि पर्यटन महोत्सवको तयारी तिब्र , अब ३ दिन बाकिँ
पुनहरी घिमिरे कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा माघ ९ गतेबाट सुरु हुने नवौं चन्द्रौटा कृषि पर्यटन महोत्सव सुरु हुन अब ३ दिन मात्रै बाकिँ रहेको छ । कृषि,उद्योग,पर्यटन र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार भन्ने मुल नाराका साथ नवौं चन्द्रौटा कृषि पर्यटन महोत्सव सन्चलान हुन लागेको हो । पछिल्लो समय विभिन्न संघ सस्थाहरुको आयोजनामा हुने महोत्सवहरु एउटा विशेष उत्साह र पर्वको रुपमा समेत लिन थालीएको छ । जिल्ला भित्रका कृषि उपजहरु देखि स्थानिय स्तरका स्रोत साधन र महत्वपूण पर्यटकीय स्थलहरुको प्रवद्धन र संरक्षणका लागि यस्ता मेला महोत्सवहरुले विशेष टेवा पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा राखिने स्टल बुकिङ्को काम पनि अन्तिम चरणमा पुगेको प्रवक्ता गोपाल बन्जाडेले बताउनु भयो । त्यस्तै महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यका साथ जिल्ला भर नै प्रचार प्रसारलाई तिव्रताका साथ काम भइरहेको बन्जाडेले बताउनुभएको छ ।
व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सवलाई फरक पन दिने गरी तयारी तिव्रताका साथ अगाडि बढाइएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिनुभएको छ । अहिले सम्म महोत्सव आयोजनाका लागि ८० प्रतिशत भन्दा बढी नै काम सम्पन्न पनि भईसकेको सह संयोक जगत पौडेलले बताउँनुभयो । साथै स्थानीय स्तरका प्रतिभाशाली नृत्य कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले डान्स आइडल आयोजना गरिएको छ । यस्ता कार्यक्रमले स्थानीय स्तरमा लुकेका कला र संस्कृतिलाई उजागर गर्नुका साथै प्रतिभावान व्यक्तिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सक्ने अपेक्षा गरिएको डान्स आइडल आयोजना व्यावस्थापन उपसमिति संयोजक शिशिर पोखरेल बताउनुभयो ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्थरमा ख्यातिप्राप्त कलाकार हरुको प्रस्तुति रहने छ । माघ ९गते देखी चन्द्रौटामा आयोजना हुन लागेको महोत्सवको लागि अहिले विभिन्न विषयगत समिति तथा उपसमितिहरु गठन गरी महोत्सवलाई विगतका वर्षहरुको तुलनामा भिन्न बनाउने उद्येश्यका साथ काम भइरहेको आयोजक समितिले जनाएको छ ।
