Connect with us
Kapilvast Forest

रित्तो गाग्री लिएर सिंहदरबार पुगेका साम्पाङको गाग्री प्रहरी नियन्त्रणमा

२०८१, ८ माघ मंगलवारमा प्रकाशित

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगेका धरानका मेयर हर्क साम्पाङको गाग्री प्रहरीले लिएको छ । सरकारले धरान उपमहानगरपालिकालाई बजेटमा बेवास्ता गरेको भन्दै विरोधस्वरुप रित्तो गाग्री लिएर सिंहदरबारको दक्षिण गेट नजिकै पुगेका साम्पाङलाई प्रहरीले रोकेर गाग्री लिएको हो । सिंहदरबार परिसरमा विरोध गर्न नपाइने र आफूहरुले सो गाग्री लगेर हस्तान्तरण गर्ने बताएपछि साम्पाङले सो गाग्री प्रहरीको जिम्मा लगाएका छन् । साम्पाङ प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई सो गाग्री बुझाउने भन्दै सोमबार धरानबाट काठमाडौँ आएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj