Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगन्जमा सिरक वितरण

२०८१, ११ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. १० मा सूर्यज्योती लाइफ इन्स्योरेन्सको आयोजनामा ३ सय जना विपन्न र दलित व्यक्तिहरूलाई सिरक वितरण गरिएको छ ।

महराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामखानले चिसोबाट बच्नका लागि वडावासीलाई विभिन्न सवधानीहरू अपनाउन आग्रह गर्नुभएको छ ।

“चिसो मौसममा वृद्ध नागरिकहरू विशेषगरी अधिक प्रभावित हुने भएकाले उनीहरूको सुरक्षाको लागि सिरक वितरण गर्नु महत्वपूर्ण छ ।

कार्यक्रमको अध्यक्षता वडा नं. १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले गर्नुभएको थियो।

प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य माननीय सुरेन्द्रराज आचार्यले समाजमा विपन्न तथा दलित वर्गको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

सिरक वितरणले चिसो मौसममा उनीहरूको दैनिकी सहज बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

सूर्यज्योती लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सूर्यज्योती लाइफ इन्स्योरेन्सका प्रदेश इन्चार्ज सुशील चापागाईंको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj