Connect with us
Kapilvast Forest

सुन्धाराको होटल एप्पलमा थकाली परिकारसगै हलाल खानाको व्यवस्था

२०८१, १३ माघ आईतवारमा प्रकाशित

काठमाडौ- काठमाडौँको सुन्धारा स्थित बागदरबार मार्ग १०० लाइनमा रहेको होटल एप्पलले थकाली परिकार अन्तर्गत पहिलोपटक हलाल खानाको व्यवस्था गरेको छ । होटलका व्यवस्थापक सुन्दर अधिकारीका अनुसार, नेपालमा थकाली परिकारमा हलाल खानाको व्यवस्थापन गर्ने होटल एप्पल पहिलो हो ।

मुस्लिम समुदायलाई लक्षित गर्दै सुरु गरिएको यो सेवाले काठमाडौँ आउने मुस्लिम पाहुनाका लागि सुविधा पुर्याउने लक्ष्य लिएको छ । विशेषगरी विभिन्न कामका लागि राजधानी आउने मुस्लिम समुदायले थकाली परिकारका स्वादसँगै हलाल खानाको सुविधा पाउन थालेपछि उत्साहित भएका छन् ।

रौतहटबाट विशेष कामका लागि काठमाडौँ आएका अली अन्सारीले हलाल खानाको सुविधा पाएपछि खुशी व्यक्त गर्दै होटल एप्पलको प्रयासको सराहना गर्नुभयो ।

होटलले फोनमार्फत पनि हलाल खानाको अर्डर लिन सुरु गरेको छ । व्यवस्थापनका अनुसार, ग्राहकहरूले ९८०१५६५२५६ मा सम्पर्क गरी सेवा लिन सक्छन् । होटल एप्पलमा पाहुनाहरू बस्नका लागि सुविधा सम्पन्न २५ वटा कोठा रहेका छन् ।

होटल एप्पलको यो कदमले काठमाडौँमा मुस्लिम समुदायका लागि खानाको पहुँचलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj