Connect with us
Kapilvast Forest

शिवराजका साढे सात हजार किशोरीलाई क्यान्सर विरुद्धको एचपिभी खोप लगाईदै

२०८१, १४ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु,कपिलवस्तुको शिवराज नगरपालिकामा पाठेघरको क्यान्सर न्यूनीकरणका लागि एचपिभी खोप अभियान सुरु गरिएको छ। यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म नगरका विद्यालय र खोप केन्द्रहरूमा सञ्चालन हुनेछ। स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईका अनुसार, अभियानका लागि २८४ जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएका छन्। १० देखि १४ वर्ष उमेर समूहका ७,५०० किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।

सोमबार आयोजित अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख अजय थापाले पाठेघरको क्यान्सर गम्भीर स्वास्थ्य समस्या भएकोले यसलाई रोकथाम गर्न सबैले खोप अभियानमा सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो। इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले क्यान्सरजस्तो जटिल रोगबाट बच्न खोप अत्यन्त प्रभावकारी भएको बताउँदै नागरिकलाई यस अभियानको लाभ लिन आग्रह गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतीवडाले यस्तो महत्त्वपूर्ण अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। डा. अस्लम अहमदले एचपिभी खोपको प्रभावकारिताबारे विस्तृत जानकारी गराउँदै यसले किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान दिने बताउनुभयो।

यस खोप अभियानले किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट जोगाउन मद्दत पुर्‍याउँदै उनीहरूको स्वास्थ्य सुरक्षाको दिशामा एक नयाँ कीर्तिमान स्थापित गर्ने विश्वास गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu