Connect with us
Kapilvast Forest

अपराध पुष्टि नै नभई पक्राउ गरेर थुन्नु मानव अधिकारको उल्लंघन हो : सोबिता गौतम

२०८१, १५ माघ मंगलवारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छिन् ।मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लंघन गरिरहेको बताएकी हुन् ।अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानुनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको उनले बताइन् ।

‘राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन भनेकोमा सरकार पक्षबाट कानुनको दुरुपयोग गरेर कानुनी हिसाबले थुन्न पाउँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ । यो मानव अधिकारको गम्भिर उल्लंघन हो,’ उनले भनिन् । सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै त्यसतर्फ उनले ध्यानाकर्षण गराइन् ।न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर सांसद गौतमको थियो ।

‘कसैलाई नथुनि पनि अभियोज गर्न सकिन्छ । कसैलाई अभियोजन गर्नुपर्ने लाग्यो भने राज्यले अभियोजन गर्न पाउँछ । तर थुनेर मात्रै अभियोजन गर्नुपर्छ भन्ने त छैन नि,’ गौतमले भनिन्, ‘कसैलाई नथुनेर पनि अभियोजन गर्न सकिन्छ भन्ने अवस्थामा पनि सरकारले अहिले कसैले बोल्यो, सार्वजनिक रुपमा प्रश्न उठायो भने पक्रिहाल्ने र कति दिन हुन्छ अनुसन्धान प्रक्रियाको लागि भनेर थुनामा राख्ने अनि निश्चित समयपछि अभियोजन गर्ने प्रवृतिको देखिएको छ ।’

सरकारले जनताको माग समस्या गर्न नसक्दा जनताले आक्रोशित रुपमा प्रश्न गर्ने गरेको र अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै त्यसको विरोध पनि उनले समितिको बैठकमा भनिन् ।‘मानिसहरूलाई डर, त्रासको वातावरण सिर्जना गर्ने अनि न्यायिक प्रक्रियामा अगाडि जाने जस्तो प्रक्रियामा सरकार गइरहेको जस्तो देखिन्छ । यो एक व्यक्तिको कुरा होइन । अहिले प्रवृत्ति नै यही देखिएको अवस्था छ,’ सांसद गौतमले भनिन्, ‘यसमा म आईजीपी सर हुनुहुन्छ गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । भोलि अपराध हो वा होइन त पुष्टि हुनै बाँकी छ नि । भोलिको दिनमा न्यायिक निकायले पुष्टि त गर्ने नै हो । आज नै कसुरदार हो भने जसरि थुनेर भोलि उसले गल्ति गरेको रहेनछ भनेदेखि त उसको मानव अधिकार र स्वतन्त्रता हनन भयो नि ।’

नागरिकले उठाएका प्रश्नको समाधान गर्न नसक्दा आक्रोशित रुपमा प्रस्तुत भएको हुनसक्ने उनको भनाइ थियो ।‘सरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन । अनि नागरिक आक्रोशित शैलीमा प्रस्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको चाहीँ मानव अधिकारको उल्लंघन हो,’ उनले भनिन् । गम्भिर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको जोड थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu