Connect with us
Kapilvast Forest

साझा धारणा बनाउँदै विपक्षी दल

२०८१, १६ माघ बुधबारमा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ । माघ १८ बाट सुरु हुने हिउँदे अधिवेशनअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढङ्गबाट अघि बढ्ने उहाँको भनाइ छ ।  समाजवादी मोर्चाद्वारा मङ्गलबार आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभामा अध्यक्ष प्रचण्डले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले संसद् आह्वान गरेको दाबी गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नेपालका लागि हानिकारक हुने बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुअघि बहसको आवश्यकता औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नु पर्छ ।” कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्दै विचार नमिली र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने बताउनुभयो । एउटै पार्टी बनाउन नसके पनि समाजवादी मोर्चा बनाएर जाँदा पनि सफल हुन सकिने उहाँको दाबी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा ब्युँझेर आएको र अब सक्रिय रूपमा अगाडि बढ्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu