Connect with us
Kapilvast Forest

कांग्रेसको सय दिने अभियान समापन, एक अर्कालाई दोषारोपण गर्दा कांग्रेस कमजोर

२०८१, १६ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु-
कांग्रेसले पार्टी सुदृढीकरणकालागि चलाएको सय दिने अभियानमा कपिलवस्तुका कांग्रेस नेता तथा कार्यकर्ताहरुले एक अर्काको अस्तित्व स्विकार नगर्नु र दोषारोप तथा अन्रर्घाले कांग्रेस कमजार बन्दै गएको निस्कर्ष निकालेका छन । २०४८ देखि २०७० साल सम्म कांग्रेस जिल्ला बलियो रहे पनि गुटगत राजीनीति, दोषारोपण र अन्तरर्घातले झनै कमजारे बनेको उनीहरु भनाई छ ।

कांग्रेस कपिलवस्तुले तौलिहवा स्थित पार्टी कार्यालयमा शहीद दिवस तथा सय दिने समापन समारोहमा राखेको कार्यक्रमका बर्ताहरुले अगुवा नेताहरु कै कारण कांग्रेस बिगतको तुलनामा जिल्लामा कमजोर बनेको बताए ।
कांग्रेस केन्द्रिय सदस्य गहेन्द्र गिरीले आरोप प्रत्यारोपका कारण कपिलवस्तुमा कांग्रेस बिगतको तुलनामा कमजोर बनेको बताए । उनले एकले अर्काको अस्तित्व स्विकार नगर्दा पार्टी कमजोर बन्दै गएको बताए । पार्टीमा त्याग र काम गर्ने भन्दा बढी काम नगर्नेले धेरै कुरा मात्र गर्दा अहिले पार्टीको स्थिति कमजोर बनेको उनी बताउछन ।
उनले कामको मुल्यांकन गरी एकले अर्काको अस्तित्व स्विकार गर्नु पर्ने तथा आ– आफनो कमी कमजोरी सच्चायर मेलमिलाकासाथ अघि बढनु पर्ने बताए । सो अवसरमा पार्टीको लुम्बिनी प्रदेश महामन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले पाका नेताहरुले सही बाटो नदेखाउदा पार्टी बिगतको तुलनामा कमजोर बनेको बताए ।
उनले पाका नेताहरु नै पार्टीलाई सही दिशा दिन नसक्दा अहिलेको अवस्था आएको बताए । पार्टीको स्थिति बजबुत बन्छ भने आफुले जस्तो सुकै त्याग गर्न तयार रहेको बताए ।

उनले बिगतको कमीकजोरीलाई आत्मआलोचना गरी अघि बढनु पर्ने र सबै मिलेर पार्टीलाई एक बनाउनु पर्ने बताए ।
उनले क्रियाशील सदस्यको अभियानलाई सही ढंले अघि लैजानु पर्ने बताए । सो अवसरमा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमालले पार्टी बलियो बनाउन आफुले सबै पद त्याग गर्न तयार रहेको बताए । उनले पार्टीमा सांसदको उम्मेदवार ३ पटक भन्दा बढी बन्न नपाउने गरी अघि बढनु पर्ने बताए ।
उनले कुरा गर्दा सिद्धान्तको गर्ने तर ब्यवहार ठी उल्टा गरिने भएकाले समस्या आएको बताए । सो अवसरमा पुर्व सांसद तथा नेता दीप कुमार उपाध्यायले कांग्रेससंग अब सक्किने कि सच्चिने बिकल्प रहेको बताए ।
उनले बिगतको कमीकजोरीलाई सच्चायर पार्टीलाई मजबुत बनाउनु पर्ने बताए । उनले ब्यक्तिबादी प्रबृतिका कारण पार्टी कमजोर बनेकोले नेतत्वमा बसकोहरुले यसको जिम्मेवारी लिनु पर्ने बताए । उनले पार्टीलाई चलायमान बनाउनु पर्ने बताए ।

कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति राजशे आचार्यले सय दिने अभियानमा खटाइएकाहरुले समेत केही वडामा कार्यक्रम नगर्नु दुःखको कुरा भएको बताए । त्यस्ता वडाका अन्य कुनै नाम दिएर कामर्यक्रम गर्नु पर्ने उनले जोड दिए ।

कार्यक्रममा पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको थियो । बिगतका कमीकजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए । बिगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुनु पर्नेमा नेता कार्यबकर्ताको भनाई छ ।

पार्टी जिल्ला सभापति अब्दुल कलामले दोषारोपण र अन्तरर्घात हटाई मिलेर जानु पर्ने बताए । उनले पार्टीलाई बलियो बनाउन सबै मिल्नुको बिकल्प नरहेको उनी बताउछन ।

पार्टी जिल्ला अध्यक्ष कलामको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय नेता कमलेश कुमार शर्मा, पुर्व केन्द्रिय सदस्य राजेश सिंह लागतयले पार्टीलाइए एक ढिक्का बनाउनु पर्नेमा जोड दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu