Connect with us
Kapilvast Forest

मधेश केन्द्रित ८ दलको वार्ता समितिको बैठक बस्दै

२०८१, १७ माघ बिहीबारमा प्रकाशित

मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले जानकारी दिए ।मोर्चा बनाउने तयारीमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार आजसम्म दलहरुले कार्यदल सदस्यहरुको नाम पठाइसक्नुपर्नेछ । आजको बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने नेताहरुले जनाएका छन् । जसपा नेपाल, जसपा,  जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मोर्चा बनाउने तयारी गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu