Connect with us
Kapilvast Forest

लागु औषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते

२०८१, १८ माघ शुक्रबारमा प्रकाशित

बुटवल

लागु औषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् । नवलपरासीको  रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् । लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो । उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

लोनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेकाले र लागू औषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकाले ४ राउण्ड गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरी प्रवक्ता रेशम बोहराले बताए । लोनियालाई प्रहरीकै गाडीमा राखेर उपचारका लागि जिल्ला अस्पताल परासीमा पठाइएको छ ।  लोनियाको अवस्था मध्यम छ । उनी बोल्न सक्ने अवस्थामा छन् । लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ । सो स्थानबाट ९३ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu