Connect with us
Kapilvast Forest

विमानस्थलमा १६ किलो शंकास्पद वस्तु बरामद प्रकरणमा भारतीय नागरिक पनि समातिए

२०८१, १८ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको १६ किलो शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तराखण्डका २५ वर्षीय भुपिन्द्र भण्डारी छन् ।प्रहरीले ७ माघमा लागूऔषध जस्तो देखिने शंकास्पद बस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । विमानस्थल प्रहरीले समातेपछि उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा बुझाइएको थियो ।

त्यसक्रममा ब्यूरोको टोलीले थप एक भारतीयलाई पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए । उनले बरामद भएको वस्तु एनेस्थेसिया पाउडर भएको दाबी गरेका छन् । प्रहरीले भने बरामद वस्तुलाई जाँचका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । हालसम्म रिपोर्ट आइनसकेको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए । प्रहरीका अनुसार, भारतबाट ल्याइएको त्यो वस्तु उनीहरुले हङकङ लैजान लागेका थिए । क्याथे प्यासिफिक एअरलाइन्सबाट हङकङ जान लागेका बेला नियमित जाँचमा त्यो वस्तु बरामद भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu