Connect with us
Kapilvast Forest

पेट्रोलको २ र डिजेलको ४ रुपैयाँ मुल्य वृद्धि

२०८१, १८ माघ शुक्रबारमा प्रकाशित

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ।  निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ।

डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ तोकिएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार ३ अमेरिकी डलर तोकिएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको छ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९ रुपैयाँ, डिजेलमा ३.५७ रुपैयाँ तथा हवाई इन्धनमा ५.७० रुपैयाँले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu