Connect with us
Kapilvast Forest

बालाजु बाइपासमा एक जना मृत भेटिए

२०८१, २० माघ आईतवारमा प्रकाशित

काठमाडौं

काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको थियो ।त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu