Connect with us
Kapilvast Forest

दस्तारबन्दी कार्यक्रमले मुस्लिम समुदायमा खुसीयाली छाएको छ : पूर्वमन्त्री शाह

२०८१, २० माघ आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल, ललितपुर — नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री अकबाल अहमद शाहले दस्तारबन्दी कार्यक्रमले मुस्लिम समुदायमा खुसीयाली छाएको बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका, गोदामचौरस्थित जामियातुल हरमैन मदरसाको वार्षिकोत्सव तथा हिफ्ज-उल-कुरआन (कुरआन कण्ठ) दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री शाहले मुस्लिम बालबालिकाले पवित्र कुरआन जस्तो धार्मिक ग्रन्थ पूर्ण रूपमा कण्ठ गर्नु चुनौतीपूर्ण भए पनि यो कार्य सफल पार्न सक्षम भएकोमा खुसी व्यक्त गर्नुभयो ।

पूर्व कृषि तथा सहकारी मन्त्री तथा एमाले नेता समेत रहेका शाहले इस्लामिक शिक्षामा हिफ्ज (कुरआन कण्ठ गर्नु) बालबालिकाहरूका लागि ठूलो उपलब्धि रहेको बताउँदै भन्नुभयो, “दस्तारबन्दी बालबालिकाको गहना हो ।”

समारोहमा मदरसामा अध्ययनरत ६ जना विद्यार्थीहरूले पवित्र इस्लामिक ग्रन्थ कुरआन पूर्ण रूपमा कण्ठ गरेको घोषणा गरिएको थियो । सो अवसरमा पूर्वमन्त्री शाहले ती विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

राष्ट्रिय सभा सदस्य मौलाना मोहम्मद खालिद सिद्दिकीले दस्तारबन्दी कार्यक्रमले मुस्लिम समुदायमा खुसीको माहोल सृजना गरेको बताउनुभयो ।

उहाँले मुस्लिम शिक्षालाई मूल प्रवाहमा ल्याउन राज्यले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दस्तारबन्दी कार्यक्रममा विभिन्न धार्मिक, शैक्षिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

आयोजक समितिले मुस्लिम समुदायका बालबालिकालाई हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu