Connect with us
Kapilvast Forest

प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता

२०८१, २० माघ आईतवारमा प्रकाशित

आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । आदालतको आदेश आउनुअघि नै महासचिव साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले दाबी गरेका छन् । उक्त मुद्दामा आज सुनुवाइ हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu