Connect with us
Kapilvast Forest

अध्यादेशबारे आन्तरिक छलफलमा जसपा नेपाल

२०८१, २१ माघ सोमबारमा प्रकाशित

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशबारे जनता समाजवादी पार्टी नेपाल आन्तरिक छलफलमा जुटेको छ । ‘अध्यादेश स्वीकृत वा अस्वीकृतको विषयमा हामी निर्णयमा पुगेका छैनौं’ जसपा नेपालका सांसद मृगेन्द्र कुमार सिंह यादवले अनलाइनखबरसँग भने । यही माघ २४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदैछ ।सांसद मृगेन्द्र सिंहका अनुसार अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा अध्यादेश स्वीकृत गर्ने पक्षमा मत दिने कि अस्वीकृत गर्ने पक्षमा मत दिने भन्नेमा निर्णय लिन पार्टी आन्तरिक छलफलमा छ ।‘तीन दिन देखि पार्टीको कार्याकारिणी समितिको बैठक चलिरहेको छ । संसदीय दलको बैठकले पनि निर्णय गर्ला । त्यसपछि अध्यादेशमा हाम्रो पोजिसन के हुने निक्र्योल हुन्छ’ सिंहले भने ।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश गत शुक्रबार दुवै सदनमा प्रस्तुत भएको छ ।अध्यादेशलाई संघीय संसदको दुवै सदनले स्वीकृत गर्नुपर्छ ।सरकारले यही माघ २४ गते अध्यादेशलाई दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ । विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।

प्रतिनिधि सभामा सरकारको प्रष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको पार्टीका तीन जना सांसदले जता मत दिन्छन् उतै बहुमत पुग्छ । जसपा सरकारमा छैन । तर, विपक्षी मोर्चामा पनि खुलिरहेको छैन । यसकारण जसपा नेपाल अध्यादेश स्वीकृत गर्ने वा नकार गर्ने भन्नेमा राष्ट्रिय सभामा निर्णायक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu