Connect with us
Kapilvast Forest

सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

२०८१, २२ माघ मंगलवारमा प्रकाशित

सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो ।

अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu