Connect with us
Kapilvast Forest

प्रेस चौतारीले २७ औँ स्थापना दिवशमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

२०८१, २२ माघ मंगलवारमा प्रकाशित

माघ २२ गते , चन्दौटा

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण गरि मनाएको छ ।

दुबै अभिभावक गुमाएका ४ दिदिबहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । यस्तो मानव सेवा कार्यमा सबैजना लाग्नुपर्ने नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य अधिकारीले जोड दिनुभयो । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रर्दान गर्नुभएको थियो ।

 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव सिवि गहतराजले कपि, कलम र २५ केजि चामल प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरीले ५० केजि चामल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी शाखा कपिलवस्तुबाट चामल २५ किलो, खाने तेल ५ लि, बेसार २ पोका, नुन २ पोका, साबुन १० वटा, सर्फ २ पोका, चिनि ५ किलो र चियापत्ती १ किलो प्रर्दान गरिएको छ । मदिना गल्ला भण्डारबाट २५ किलो चामल र सौगात टेड्रस नगद १२ सय सहयोग प्रर्दान गरिएको छ ।

 

प्रदेश कमिटी सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, एमाले जिल्ला सचिव सिवी गहतराज, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरी, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष महादेव पोख्रेल, वडा नं. ५ को वडा अध्यक्ष नेत्र बेल्वासे, वडा नं. ३ को वडा अध्यक्ष टेकलाल सापकोटा, नेकपा एमाले वडा नं.५ वडा कमिटि अध्यक्ष प्रेम सुनार लगाएतको सहभागिता रहेको थियो ।

प्रेस चौतारी कपिलवस्तुको अध्यक्ष बाबुराम रायमाझिको अध्यक्षता र सचिव संजीव गहतराजको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu