Connect with us
Kapilvast Forest

चौतारीको स्थापना दिवसमा बालबालिकालाई राहत वितरण

२०८१, २२ माघ मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसमा अनाथ बालबालिकालाई राहत सामग्री वितरण गरिएको छ । प्रेस चाैतारी नेपाल कपिलवस्तु शाखाले स्थापना दिवसकाे अवसरमा जिल्लाकाे शिवराज नगरपालिका-५  खैरीका ४ जना अनाथ बालबालिकाहरुलाई राहत सामग्री उपलब्ध गराइएको हाे ।

आमाबुुवा दुबै गुमाएका ४ दिदीबहिनीलाई मंगलबार सहयोग स्वरुप खाद्यान्न लगायत केही आवश्यक सामग्री प्रदान गरि प्रेस चाैतारी नेपाल कपिलवस्तुका सचिव संजिव गहतराजले जानकारी दिए । प्रेस चौतारी शाखा कपिलवस्तुले चामल २५ किलो, खाने तेल ५ लिटर, बेसार २ पोका, नुन २ पोका, साबुन १० ओटा, सर्फ २ पोका, चिनी ५ किलो र चियापत्ती १ किलो प्रदान गरेकाे उनले बताए । यस्तै चन्द्राैटाका मदिना गल्ला भण्डारले २५ किलो चामल र सौगात टेड्रसले नगद १२ सय सहयोग प्रदान गरेकाे जनाइएको छ ।

राहत सामग्री वितरण कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई राहत सामग्री सहयोग गरि प्रशंसनीय कार्य  गरिएको  बताएका छन् । यस्तो मानव सेवा कार्यमा सबै जना लाग्नुपर्नेमा उनले जाेड दिए । नेत्रराज अधिकारीले नगद २ हजार, ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रदान गरेका छन् ।

यस्तै नेकपा एमाले जिल्ला कमिटीका सचिव चन्द्र  बहादुर गहतराजले कपी, कलम र २५ किलाे चामल, प्रेस चौतारीका इन्चार्ज राम प्रघट कोरीले ५० किलाे चामल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेेका छन् ।

कार्यक्रममा शिवराज नगर उप-प्रमुख शिव कुमारी थारु, नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोख्रेल, ५ का वडा अध्यक्ष नेत्र बेल्वासे, नेकपा एमाले वडा नम्बर ५ का वडा कमिटीका अध्यक्ष प्रेम सुनार लगायतको सहभागिता थियो ।

प्रेस चौतारी कपिलवस्तुको अध्यक्ष बाबुराम रायमाझीको अध्यक्षता र सचिव संजीव गहतराजको सञ्चालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu