Connect with us
Kapilvast Forest

पाल्पामा खरबारिमा एक पुरुष मृत फेला

२०८१, २३ माघ बुधबारमा प्रकाशित

पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रामपुर–३, चनौली घर भइ हाल बगनासकाली–२, पोखराथोकमा बस्दै आएका ५६ वर्षका रेमबहादुर सुर्यबंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मङ्गलबार दिउँसो साढे ४ बजेतिर सुर्यबंशी आफू बसेको घरदेखि तीनसय मिटर टाढा रहेको गोरेटोबाटोदेखि २० मिटर तल खरबारीमा मृत फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu