Connect with us
Kapilvast Forest

न्यायिक हिरासतमा रहेका रविलाई आज अदालतमा उपस्थित गराइने

२०८१, २४ माघ बिहीबारमा प्रकाशित

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ।  हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालतमा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो। साहारा चितवन सहकारी ठगी प्रकरणमा पुरक मुद्दा परेका रविसहित १५ जना प्रतिवादीको हिजोबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । हिजो सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए। सहकारी पीडितको तर्फबाट रमेश काफ्लेले मात्रै बहस गर्न भ्याउनभएको थियो । आज प्रतिवादीका अन्य वकिल र जाहेरवालाका तर्फबाट बहस हुनेछ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu