Connect with us
Kapilvast Forest

निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह

२०८१, २६ माघ शनिबारमा प्रकाशित

nepal-chikitsak-sang

काठमाडौँ 

सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फाल्गुण ०६ गतेसम्म देशव्यापी रूपमा एचपीभी खोप अभियान संचालन गरिरहेको छ । खोपबारे कतिपय नागरिक विश्वस्त हुन नसकेको पाइएपछि  नेपाल चिकित्सक संघ निश्चिन्त भई खोप लगाउन आग्रह गरेको छ । खोप विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तरयुक्त प्रमाणित गरिएको र नेपालमा यसको प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हुनाले निश्चिन्त भई बालिकाहरूलाई खोप लगाइदिन अभिभावकलाई संघले आग्रह गरेको हो । यस अभियानमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिने काम भइरहेको छ । नेपालमा क्यान्सरबाट महिलाहरूको मृत्यु हुने प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पहिलो देखिएको छ । पछिल्लो तथ्यांक अनुसार यो रोगबाट हरेक दिन सरदार ४ जना महिलाहरूको मृत्यु हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu