राहत शिक्षकहरूले बुझाए शिक्षा विभाग प्रमुख महरलाई पत्र
न्युजसेन्टर नेपाल-
नेपाल राहत शिक्षक केन्द्रीय समितिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई ज्ञापन पत्र बुझाएका छन ।
राहत शिक्षकहरूले कपिलवस्तुको तौलिहवामा आएका महरलाई विभिन्न १२ बुँदे पत्र बुझाएको नेपाल राहत शिक्षक समितिको केन्द्रीय सचिव शान्ति जीसीले जानकारी दिनुभयो ।
सम्पूर्ण राहत शिक्षकहरूको माग सम्बोधन गर्नका लागि शिक्षा विभाग प्रमुख महरलाई राहत शिक्षक समितिले आग्रह गरेको केन्द्रीय सचिव जिसीले बताउनुभयो ।
राहत शिक्षकहरूले सरकारसँग पटकपटक आफ्नो माग राख्दै आए पनि सरकारले बेवास्ता गरेको भन्दै नेता महरलाई राहत शिक्षकहरूले ध्यान आकर्षण गराएका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख महरले राहत शिक्षकको माग सम्बोधन गर्नका लागि सरकारको ध्यानाकर्षण गर्ने बताउनुभयो ।
शिक्षण पेशामा आबद्ध भएर राष्ट्रलाई योगदान पुराएका राहत शिक्षकहरूको उच्च मूल्याङ्कन गर्दै माग सम्बोधन गर्नुपर्ने महरको भनाइ छ ।
राहत शिक्षकहरूले पटक पटक बृहत आन्दोलन गर्दै आएका छ्न ।
आन्दोलनका क्रममा सरकारका तत्कालीन शिक्षामन्त्री अशोक राईले राहत शिक्षकहरूको माग सम्बोधन गर्न प्रतिबद्धता जनाउनुभएको थियो ।
तर उक्त प्रतिबद्धता हालसम्म कार्यान्वयन हुन नसक्दा राहत शिक्षकहरू निराश हुँदै आएका छन ।
मागपत्र बुझाउने कार्यक्रममा राहत शिक्षक समितिका केन्द्रीय सचिव शान्ति जीसी, जिल्ला अध्यक्ष मोहन घिमिरे, जिल्ला सचिव विष्णु भुसाल, सदस्य बिष्णु पाण्डे, शिक्षक महासंघका अध्यक्ष दधीराम न्यौपाने, विद्यालयका प्रधानाध्यापक ईश्वरी क्षेत्री लगायतको उपस्थितिमा कांग्रेसनेता महरलाई मागपत्र बुझाइएको हो ।