Connect with us
Kapilvast Forest

सल्यान महोत्सवमा आगलागी, ८० स्टल जल्दा साढे ३ करोड बढीको क्षति

२०८१, २७ माघ आईतवारमा प्रकाशित

सुर्खेत

दोस्रो बृहत् सल्यान महोत्सवका स्टलमा आगलागी भएको छ । ८ दिनअघि देखि शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सव स्थलमा आगलागी भएको हो ।शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । स्टलमा राखिएका करिब ३ करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित भएको छ । राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu