Connect with us
Kapilvast Forest

सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैनस् प्रचण्ड

२०८१, २९ माघ मंगलवारमा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् । उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए । मङ्गलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारले अहिले जसरी सदनलाई अवमुल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ तर पारित हुन सक्ने स्थिति पनि छैन।’
दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको उल्लेख गर्दै उनले बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार नरहेको बताए । माओवादीले कुनै पनि हालतमा अध्यादेश पास गर्न नसघाउने उल्लेख गर्दै प्रचण्डले जसपाको निर्णयमा अध्यादेशको भविष्य रहेको पनि बताए । सरकार जसपाले गर्ने निर्णयमा भर पर्ने हुँदा गाह्रो रहेको उनको भनाइ थियो । उनले गिरीबन्धुको विषयलाई आफूले सदनदेखि सबैतिर उठाइएको स्मरण गर्दे अहिले परेको मुद्दालाई अदालतले गम्भीर रूपमा लिने पनि विश्वास व्यक्त गरे ।

यस्तै प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै भने, ‘जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। तर यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’ उनले एमाले अध्यक्ष तथा प्धानमन्त्री केपी ओली जाली झेली, बेइमानी भएको समेत बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu