Connect with us
Kapilvast Forest

मायादेवीका महिलालाई प्रेसर कुकर तथा जेष्ठ नागरिकलाई कम्मल बितरण

२०८१, २९ माघ मंगलवारमा प्रकाशित

कपिलवस्तु– मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एक महिला लाई प्रेसर कुकर तथा जेष्ठ नागरिक र अति बिपन्न नागरिकलाई कम्मल बितरण गरिएको छ ।

वडा कार्यालयले वडाका ८५ जना एकल महिलाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल बितरण गरिएको हो ।

वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरु हृदयराम यादव, ईनरमती लोध र सर्बवति पासीले लक्षित वडाबासीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

गाउपलिकाका निमित्त प्रमुख प्रशासकी अधिकृत रामकृष्ण तेलीले एकल महिला, ज्येष्ठ नागरिक र बिपन्नलाई प्रथामिकतामा राखेर आवश्यक्ताका आधारमा वडाले यस्तो सामाग्री बितरण गरेर राम्रो काम गरेको बताए ।

वडाका बिद्यवा एकल महिला, जेष्ठ नागरिक र अति बिपन्न परिवारलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष असफाक अकमद मुसलमानले बताए ।

उनले आफनो वडाले सुरु देखि नै लक्षित बर्गलाई आवश्यक्ताका आधारमा यस्ता सामाग्री बितरण गर्दै आएको बताए । वडाले बिकास निर्माणका कार्य सगै शिक्षा, स्वास्थ्य र सामाजिक बिकासका कार्यलाई प्राथमिकता दिदै आएको उनले बताए ।

प्रेसर कुकर पाए पछि आफुहरुलाईउ अब खाना पकाउन सहज हुने एकल महिलाले बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu