काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।