Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बजार अनुगमनमा तीब्रता: गलत गर्नेलाई धमाधम कारबाही

२०८१, ३० माघ बुधबारमा प्रकाशित

कपिलवस्तु ३० माघ ।। चाडबाडका बेला मात्र अनुगमन गर्ने चलनलाई थाती राख्दै कपिलवस्तुमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । पछिल्लो तीन दिन यता कपिलवस्तुमा निरन्तर बजार अनुमगन जारी छ । जिल्ला प्रशासन कार्यालयका अगुवाईमा, खाद्यय प्रबिधि तथा गुण नियन्त्रण सव डिभिजन कपिलवस्तु घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले बजार अनुमगन गरेको हो ।

बजार अनुगमनकोक्रममा सुद्धोदन गाउपालिका वडा नम्बर ३ लबीनीमा रहेको पैनारोमा फुड प्रोडक्टलाई ५० हजार जरिवाना गरिएको सहायक प्रजिअ परमानन्द घिमिरेले बताए । यस अघि सो उद्योगमा पटक पटक अनुगमन गरी दिएको निर्देशन पालना नगरे पछि सो जरिवाना गरिएको उनले बताए । यस अघि पनि सो उद्योगलाई १५ हराज जरिवाना गरिएको थियो । सो जरिवाना तिरेर उद्योगका मालिकले उदोग बन्द गर्ने जनाएका थिए ।

तर मंगलवारको अनुगमन गर्दा सो उदोग संचालन गरिएको र पहिलेको निर्देशन पालना नगरिए पछि ५० हजार जरिवाना सहीत प्रशासन कार्यालयमा सो उद्योगका धनीलाई हाजिर हुन निर्देशन दिइएको छ । खाद्ययको अनुमति नलिएको र सरसफाई समेत नभएको सो उद्योगलाए कारबाही गरिएको हो । यस्तै लबनी नजिक रहेको रिलान्यस पानी उद्योगलाई समेत ३० हजार जरिवाना गरिएको छ ।

उद्योगमा सरसफाई लागतयका मापदन्ड पुरा नभएकाले जरिवाना गरिएको हो । यस्तै बुधवार सदरमुकाम तौलिहवामा रहेको ३ चलेका मिस्ठान्न भण्डारलाई समेत कारबाही गरिएको सव डिभिजनका प्रमुख सरोज खनालले बताए । तौलिहवाको बहादुरगंज जाने चोकमा रहेको आनन्द स्वीट र जयमा बैष्णु स्विट हाउसलाई २५÷२५ हजार र मख्खन स्वीटलाई १० हजार जरिवाना तोकिएको छ । अत्यधिक रंगको प्रयोग, खाद्यय र गुणस्तर अनुसार नभएको तथा सरसफाई नभएको भन्दै तिनीहरुलाई जरिवाना तोकिएको हो । यस्तै शरे बिरयानी कर्नरमा प्रतिबन्धीत अन्ड बिक्री गरिएकोमा चेतवनी दिइएको छ ।

उता सोमवार गरिएको अनुगमनमा बहादुरगंजको पुजा मिष्ठान्न भण्डार तथा चन्द्रौटा गौरव स्विटस हाउस र शिवलाल बन्जाडे किराना पसललाई १०÷१० हजार जरिवाना तोकिएको थियो । अनुगमनमा जफल गरिएका अखादय सामाग्री नष्ट समेत गरिएको थियो । अनुगमनका क्रममा मिठाई पसलहरुले पत्रिकामा मिठाई बेचेकोे, अत्याधिक रंगको प्रयोग गर्नुका साथै पसलमा अत्याधिक फोहर भेटिएको घिमिरले बताए ।

यता गोरुसिंगेको अर्घाखाँची चोकका पसलहरु अब्यस्थीत पाइएको छ । त्यहा ठेलामा संचालित नास्ता पसलमा सरसफाई नभएको, खुला रुपमा पकौडा, सेलरोटी, अण्डा लगाएत खाध्यवस्तु राखेको पाइएकाले ठेलामा फाइबरको सिसा लगाएर ब्यवस्थीत गर्न १५ दिनको समय दिइएको छ । १५ दिनभित्र ब्यवस्थीत तवरले पसल संचालन नगरे ठेलाहरु जफत गरिने सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले चेतावनी दिए । अहिले सबै पसलहरुलाई सम्झाएर छाडेको भन्दै अब पनि अटेरी गरे कारवाही गरिने बताए ।स्वास्थ्यनै धन भएकाले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले आग्रह गरे । यसका साथै उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu