Connect with us
Kapilvast Forest

खोरखोरे खेलाईरहेको अवस्थामा १२ जना पक्राउ

२०८१, ३० माघ बुधबारमा प्रकाशित

कपिलवस्तु ३० माघ ।।

कपिलवस्तुको वाणगंगा नगरपालिका नम्बर १०,गोगापुरमा लंगुरबुर्जा (खोरखोरे) खेल्दै गरेका १२ जना ३ लाख बढी नगद सहित पक्राउ परेका छन् । स्थानीयबासीको सुचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूबाट ३ लाख १५ हजार १ सय ८० रुपैया नगद सहित ९ वटा खोरखोरे खेलाउने गोटी र बुर्जा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक लाकेन्द्र जिसिले बताए ।

टोलीले वाणगंगा–१०, गोगापुर स्थित शिव थारुको घरको आँगनमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने व्यक्तिहरू कपिलवस्तु र रुपन्देहीका रहेका छन । कपिलवस्तुको वाणगंगा नगरपालिका १० का बर्षिय ३० का राजेश वि.क. , बर्षिय ४० का श्रीकृष्ण चौधरी , शुद्धोधन गाउँपालिका–२ का बर्षिय ४० का दिलिप कुमार लोध, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–१ का २२ बर्षिय पशुपती जैसवाल , गैडहवा गाउँपालिका–३ का २० बर्षिय का सन्तोष यादव , गैडहवा गाउँपालिका– २४ बर्षिय मनोज राजपुत गैडहवा गाउँपालिका–३ का ३० बर्षिय का अर्जुन कलवार पक्राउ परेका छन । यस्तै गैडहवा गाउँपालिका–३ का ३० बर्षिय विक्रम क्षेत्री ,लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का ४२ बर्षिय असलम मुसलमान , बुटवल उपमहानगरपालिका–८ का ४० बर्षिय शंकर थापा ,कञ्चन गाउँपालिका–५ का ४२ बर्षिय सर्वजित वि.क. , कञ्चन गाउँपालिका–५ ३० बर्षिय चित्र बहादुर राना फक्राउ परेका हुन । पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिसिले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu