सिन्धुलीमा भैँसीले हान्दा एक वृद्धको ज्यान गयो
सिन्धुली
सिन्धुलीमा भैँसीले हानेर एक वृद्धको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका ३ नौबिसेमा भैँसीले हान्दा स्थानीय ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो।
बुधबार माइलो छोरा फडिन्द्र भुजेलको गोठमा घाँस हाल्न जाँदा भैँसीले किलो भाँचेर फुत्किएपछि घर्तीलाई हानेको प्रहरीले जनाएको छ।
छोराले बुबालाई गोठमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी चौकी रातामाटाबाट गएको प्रहरीले मुचुल्का गरी घर्तीको शव साँझ पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।