Connect with us
Kapilvast Forest

कैलालीमा साढे ४ किलो चरेससहित दुई जना पक्राउ

२०८१, २ फाल्गुन शुक्रबारमा प्रकाशित

pakrau

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेको जानकारी दिए ।

उनकाअनुसार बोहरालाई बडैपुर र धामीलाई अत्तरियाबाट पक्राउ गरिएको हो । बोहराले बडैपुरमा सञ्चालन गरेको नास्ता पसलमा खाटमुनी कालो प्लाष्टिकमा लुकाएको अवस्थामा एक किलो ६६५ ग्राम चरेससहित पक्राउ गरिएको उनले बताए ।

यस्तै, बझाङका धामीलाई गोदावरी नगरपालिका–३ को चौकिडाँडाबाट पक्राउ गरिएको हो । मालाखेती अस्पताल जाने सडकमा हिडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा धामीलाई २ किलो आठ सय ६० ग्राम चरेससहित पक्राउ गरिएको डीएसपी बोहराले बताए ।

उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu