Connect with us
Kapilvast Forest

प्रभु साह भन्छन प्रधानमन्त्रीले प्रश्नोत्तरको धज्जी उडाइदिनुभयो

२०८१, ४ फाल्गुन आईतवारमा प्रकाशित

 काठमाडौं –

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए ।तर, प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिएनन् । बरु, उनले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए ।

संसद्को उक्त घटनापछि संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए ।‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ । आज यी प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपर्थ्यो । उहाँले संसद्को अपमान गर्नुभयो,’ साहले भने, ‘नियमावलीको अपमान गर्नुभयो । प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उडाइदिनुभयो । यसले मेरो विचारमा कानुनी शासनको उपहास पनि भयो । लोकतन्त्र हो भने जनताको जवाफ दिन सक्नुपर्छ । उहाँले प्रश्नकै प्रतिप्रश्न गर्नुभयो ।’

उनले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले बन्देज लगाएको आरोप लगाए ।‘सांसदले प्रश्न गर्दा मजाक गर्ने र प्रश्नबाट भाग्ने काम भयो । यो लोकतन्त्र र विधिको शासनकै उपहास हो जस्तो मलाई लाग्छ,’ सांसद साहले भने, ‘प्रधानमन्त्रीले आफ्नो गरिमा बिर्सनुभयो । त्यो प्रश्न मेरा प्रश्न थिएन, नेपाली जनतासँग जोडिएका प्रश्न थिए ।’

उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजबाटै सकिएको जिकिर गरे ।सांसद साहले सोधेका प्रश्नहरू विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।उल्टै प्रश्न गरेका थिए, ‘संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावर व्यवसायी हो ?’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu