महाकुम्भमा गगन थापा दम्पतीको डुबुल्की
काठमाडौ-
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पत्नी अन्जना केसी थापाले महाकुम्भमा डुबुल्की मारेका छन्। भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा महाकुम्भ मेला चलिरहेको छ। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा महाकुम्भमा स्नान गरेका फोटोहरू सार्वजनिक गरेका हुन्।
फोटो सार्वजनिक गर्दै उनले भनेका छन्, ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।
’ १४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्। साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ।माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ।