Connect with us
Kapilvast Forest

अवधी लोकगायनमा उदाउँदै कपिलदेव धोबी, गायनसंगै नृत्य र बाजा बजाउने कलामा निपुण

२०८१, ६ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु – अवधी लोकसंगीतमा नयाँ ऊर्जा भर्दै कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीका २४ वर्षीय कपिलदेव धोबी लोकगायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइरहेका छन्। उनले अवधी र भोजपुरी लोकसंगीतमा मात्र होइन, नृत्य र बाजा बजाउने कलामा पनि सिपालु भएका कारण दर्शक-श्रोतामाझ झन् लोकप्रिय बन्दै गएका छन्।

सानैदेखि गीतसंगीतमा रुचि राख्ने कपिलदेव विवाह, मेलाजात्रा, शुभकार्य र सांस्कृतिक कार्यक्रममा गीत गाउने सौखिन थिए। समयसँगै उनले आफ्नो प्रतिभा निखार्दै स्टेज शो, महोत्सव र प्रदर्शनमूलक कार्यक्रमहरूमा नियमित प्रस्तुति दिन थाले। गायनसँगै नाच्ने र विभिन्न बाजाहरू  बजाउने कला भएका कारण उनका प्रस्तुति अझै आकर्षक बन्ने गरेका छन्।

उनको सांगीतिक यात्रामा संघर्ष पनि कम रहेन। उचित अवसरको अभाव, रेकर्डिङ खर्चको चुनौती र स्टेज कार्यक्रमको व्यवस्थापनमा आउने कठिनाइहरू भए तापनि उनको लगनशीलता र मेहनतले उनलाई अवधी लोकसंगीत क्षेत्रमा अलग पहिचान बनाउन मद्दत गर्यो। हालसम्म उनले एक दर्जनभन्दा बढी अवधी गीत रेकर्ड गराई एल्बमसमेत सार्वजनिक गरिसकेका छन्।
गायन, नृत्य र बाजा बजाउने कलालाई अगाडि बढाउँदै गर्दा कपिलदेव आफ्नो औपचारिक शिक्षा पनि निरन्तरता दिइरहेका छन्। हाल उनी जन आदर्श बहुमुखी क्याम्पस, शिवपुरमा बी.एड. (शिक्षाशास्त्र) अध्ययनरत छन्। भविष्यमै सांगीतिक क्षेत्रमा अझ गहिरो अध्ययन गर्ने र अवधी संगीतको साथमा आफ्नो पहिचान  अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उनको लक्ष्य छ।

कपिलदेव धोबीको गीतहरूले समाजका पीडा, प्रेम, संघर्ष, उत्सव र संस्कृतिलाई जीवन्त ढंगले प्रस्तुत गर्छ। गायन मात्रै होइन, उनले अवधी संस्कृतिमा आधारित नृत्य र बाजा बजाउने कला सिकेर आफ्ना प्रस्तुतीहरूलाई अझ प्रभावशाली बनाएका छन्। उनी भन्छन्, “लोकसंगीत हाम्रो पहिचान हो, यसलाई जगेर्ना गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने मेरो प्रयास जारी रहनेछ।”

कपिलदेव धोबी जस्ता बहुप्रतिभाशाली कलाकारहरूले अवधी लोकसंगीतलाई समृद्ध बनाइरहेका छन्। गायन, नृत्य र बाजासँगै उनी आफ्नो सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने प्रयासमा छन्। कठिनाइका बाबजुद उनी निरन्तर अघि बढिरहेका छन्, जसले उनलाई भविष्यमा सफल लोकगायक तथा कलाकारका रूपमा स्थापित गर्ने सम्भावना बलियो बनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu