Connect with us
Kapilvast Forest

बेलुन बेच्नेलाई अभद्र व्यवहारमा मुद्दा, कमलेश हिरासतमा

२०८१, ८ फाल्गुन बिहीबारमा प्रकाशित

पोखरा —पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा पड्किएको बेलुन बेच्ने भारतका ४१ वर्षीय कमलेश कुमारलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरी हिरासतमा राखेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थपको अनुमति लिएर प्रहरीले बिहारको मोतिहारीका कमलेशलाई हिरासतमा राखेको हो । फागुन ३ मा बेलुन विस्फोट भएपछि आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीसँगको बयानमा उनले विगत १२ वर्षदेखि पोखरामा बेलुनमा हाइड्रोजन भरेर बेच्ने काम गर्दै आएको बताएका छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार कमलेशले आफ्नै कोठामा ग्यास बनाउने गरेको समेत भेटिएको छ । उनले त्यही ग्यास सिलिन्डरमा भर्ने र बजारमा लगेर बेलुनमा भरेर बेच्ने गरेका थिए ।

‘हाइड्रोजन हो वा अरु ग्यास हो भन्ने पत्ता लगाउन पड्किएको बेलुनको नमुना विधि विज्ञान प्रयोगशालामा पठाएका छौं, प्रतिवेदन आएपछि मात्रै कुन ग्यास हो भन्ने थाहा हुन्छ,’ एसपी ओलियाले भने, ‘व्यवसाय पनि कतै दर्ता नगरी चलाएको पाइयो ।’ हाल कमलेशलाई अभद्र व्यवहारको कसुरम हिरासतमा राखिए पनि कुन मुद्दा चलाउने भन्ने अध्ययनकै क्रममा रहेको उनको बताए ।

प्रहरीले त्यस दिन मञ्चमा विद्युतीय झिरझिरेको व्यवस्था गरेको एसके साउन्ड प्रालिका सञ्चालक शेरबहादुर गुरुङ, मञ्च सजावटको जिम्मा लिएको परिचय एड्भटाइजिङका सञ्चालक शोभित बस्यालसँग समेत सोधपुछ गरेको छ । सरकारले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गठन गरेको छानबिन समितिले पनि घटनाबारे अध्ययन गरिरहेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा बेलुनमा ग्यास भरेर बेच्नेलाई मात्र दोष दिनुभन्दा कार्यक्रम आयोजकको असावधानीको पनि खोजबिन गर्नुपर्ने बताउँछन् । ‘व्यापार व्यवसायको अनुमतिको पाटो एउटा हो, दुर्घटनामा उसको नियत थियो कि थिएन भनेर हेर्नुपर्छ, नियत देखिँदैन,’ उनी भन्छन्, ‘अपराध हुनका लागि मनसाय हुनुपर्छ । मनसाय देखिँदैन । मनसाय बिनाको कार्य अपराध हुँदैन ।’

उक्त समारोहका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्विच थिचेर पानसमा बत्ती बालेपछि भ्रमण वर्षको ब्यानर रहेको बेलुनको झुप्पा उडाउन खोज्दा नजिकै रहेको झिरझिरेको झिल्काले भेटेर ठूलो आवाज र आगोसहित पड्किएको थियो । बेलुन पड्किँदा पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu