Connect with us
Kapilvast Forest

नेपाल धितोपत्र बोर्डको सचेतना कार्यक्रम चन्द्रौटामा सम्पन्न

२०८१, ९ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुको शिवराज नगरपालिकामा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघको सहकार्य तथा नेपाल धितो बोर्डको आयोजनामा धितो पत्र बजार तथा बस्तु विनियम बजार सम्बन्धि लगानी कर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा धितो बोर्ड नेपालका कार्यकारी निर्देशक डा। नवराज अधिकारीले सहजीकरण गर्दै लगानी, वित्तीय प्रणाली, अन्तर्गतका वित्तिय बजार, पुँजीबजार विमा,सहकारी लगायतका बारेमा जानकारी दिनु भएको थियो । लगानी सुरक्षित गर्न र शेयर बजारमा बजारको अवस्था अध्ययन कसरी गर्ने भन्ने विषयमा जनकारी दिनुभयो ।

चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य जमशेर अलि मियाँले स्वागत मन्तव्य दिदै देशको आर्थिक अवस्था अस्थिर राजनितीका कारण अर्थतन्त्र कम्जोर भएको बताउनु भयो । आर्थिक निती बन्ने तर कार्यान्वय फितलो हुने हुदाँ आर्थिक अवस्था कम्जोर भएको बताउनु भयो ।

हाल शेयर बजारप्रति नागरिकको आकर्षण बढ्दै गए पनि आवश्यक ज्ञान तथा जानकारीको अभावले लगानी असुरक्षित  गरेको भन्दै सो समस्या न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको मियाले बताउनुभयो।

कार्यक्रममा सर्वसाधारण लगानीकर्ता, स्थानीय उद्योग व्यवसायी, प्राध्यापक, प्राचार्य, विद्यार्थी, धितोपत्र निष्कासनकर्ता संगठित संस्थाहरू लगायत सरोकारवालाहरूको बाक्लो  उपस्थिति थियो ।

चन्द्रौटा उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव यदा क्षेत्री राजकुमारले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu