‘गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस् : सांसद देवेन्द्र
काठमाडौं –
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको भूमि अध्यादेश देश हितमा नरहेको बताएका छन् ।सुकुमवासीलाई जग्गा दिने सरकारको मनसाय भए त्यसका लागि प्रचलित ऐन अनुसार पनि दिन सकिने बताए ।
सुकुमवासीहरूलाई जग्गा दिने हो भने खोला खोल्सा र वनको जग्गा मास्न आवश्यक नरहेको बताए ।‘बरु गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस्,’ आकस्मिक समयमा बोल्दै उनले भने ।