Connect with us
Kapilvast Forest

कपिलवस्तु ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघकाे अध्यक्षमा कँडेल चयन

२०८१, १७ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघकाे अध्यक्षमा तिरन कँडेल चयन भएका छन् । व्यापार संघ कपिलवस्तुकाे सभाहल चन्द्रौटामा सम्पन्न ग्रील, स्टिल तथा आल्मोनियम व्यवसायी संघ शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको संयुक्त पालिका स्तरीय अधिवेशनबाट सर्वसम्मत रुपमा कँडेललाई अध्यक्ष पदमा चयन गरिएको हाे ।

जसकाे उपाध्यक्षमा तिजमान राई, सचिवमा थानेश्वर अर्याल, सह-सचिवमा सोस बहादुर सुनार, कोषाध्यक्षमा रमेश भुसाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राम कुमार विश्वकर्मा, टेकराम गुप्ता, विद्या निवास मौर्य, महिबुल खान, महेन्द्र चौधरी, रामचन्द्र चौधरी, बेचन तेली, विष्णु गैरे, सबु खान, शिवु अधिकारी र राजु चौधरी चयन भएका छन् ।

व्यवसायी संघले सल्लाहकारको जिम्मेवारी बलराम मरासिनीलाई दिइएको जनाइएको छ ।

कार्यक्रममा बाेल्ने वक्ताहले व्यवसायीहरुले संगठनात्मक रुपमा अगाडी बढ्नुपर्नेमा जाेड दिएका छन् । संघलाई सुदृढीकरण गर्दै व्यवसाय प्रवर्द्धनका लागि संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अधिवेशनको उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे लगायतका व्यक्तित्वहरूले सम्बोधन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj